काठमाडौ महानगरपालिकाकाे बानेश्वर १०स्थित देबिनगरमा रहेका सुकुम्बासी बस्तीमा १४ देखी ४९वर्ष उमेर समुहका ६०घरधुरीमा महिलाको मानसिक र शारीरिक स्वास्थ्य लाई ध्यानमा राख्दै बिगत १ महिना लकडाउनमा पिडित हुनु भएका दिदि बहीनि समक्ष एउटा सानाे प्रयास गरेका छाै । महिनावारीमा हुने समस्यामा घर बाहिर जान नसक्नुका साथै अन्य समस्या झेल्नुपर्ने हुनाले हामिले कपडाको प्याड र डिटाेल साबुन दिएर सहयाेग गरेका हाै । कपडाकाे प्याड पटक पटक प्रयाेग गर्न सकिने र यसमा कुनै पनि किसिम साईड ईफेक्ट नभएकाले याे प्याड बितरण गरिएकाे हाे साथै सरसफाइ सामान्य जानकारी गराईयाे । सहयाेग गर्नु हुने सबैलाई धन्यवाद
